आज :

नीति तथा कार्यक्रमः आगामी वर्षबाट शिक्षकले मासिक रुपमा तलब पाउने

  • अनलाइन डबली

काठमाडौं । चार÷चार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन् ।

‘शिक्षकको पारिश्रमिक मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाइने छ,’ पौडेलले भने ।

शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्था कार्यान्वयन गर्नेमा सरकारले नीति कार्यक्रममा जोड दिएको छ ।

यस्तै, विद्यालय शिक्षक बन्न अब शिक्षाशास्त्र अध्ययन गर्नैपर्ने बाध्यता हटाउने तयारी पनि गरिएको छ । सरकारले माध्यमिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव हटाउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्यांकनसहितको शिक्षक इन्टर्नसीप पढाउने प्रबन्ध गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal