काठमाडौँ । पत्रकार पेसामा आवद्द गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । एटके एक्सपिटिशनबाट आरोहन गरेकी उनि आइतबार बिहान ६:४० बजे शिखरमा पुगेकि हुन् ।
यसअघि उनले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि विश्वका आठहजार मिटरभन्दा अग्ला आठ वटै हिमाल उनले लगातार आरोहण गरिसकेकी छन् । विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालको शिखरमा १० पटक पुग्न सफल भएकी उनिने मनास्लु र सगरमाथा दुईपटक आरोहण गरि सकेकी छिन ।