आज :

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन काँग्रेस तयार

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका छन् ।

गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको काँग्रेसका नेताहरुलाई मंगलबार विहान प्रधानमन्त्रीले बालुटार बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रपति आउने कार्यक्रममा अवरोध गर्दा नराम्रो प्रभाव पर्ने भन्दै सदनमा अवरोध नगर्न आग्रह गरेका थिए ।

सोहीअनुसार काँग्रेसले अवरोधलाई हटाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तयार भएको छ । यसलाई संसदीय दलको बैठकबाट निर्णय गर्न लागेको छ ।

काँग्रेस नेताहरुले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि माग पूरा नभएसम्म अवरोध कायमै राख्ने बताएका छन् ।
प्रधानमन्त्रीले समग्र सहकारीको समस्या समाधानको लागि संसदीय समिति बनाउनमा आफू सकारात्मक भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal