आज :

नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा गरे आत्मसर्मपण

  • अनलाइन डबली

काठमाडौं । श्रीमतिलाई बलात्कार गरेको मुद्दा खेपी रहेका नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । श्रीमतीले चैत्र २० गते वैवाहिक बलात्कारसम्बन्धी मुद्दा दिएकी थिइन् ।

प्रहरीका अनुसार ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका थिए ।

प्रहरीले थप अनुसन्धानको लागि रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । रविविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडलाई प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

ओडले नेपाल नेपाल आइडल सिजन २ को उपाधि जितेका थिए । उनी विदेशबाट कार्यक्रम सकेर नेपाल फर्केलगत्तै प्रहरीमा आत्मसर्पण गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal