आज :

सती जानुपर्ने कुप्रथाविरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार

  • अनलाइन डबली

वैशाख २८, काठमाडौँ  । काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कारलाई निरन्तरता दिनको लागि वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो । नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी रहेको आयोजक संस्थाका विश्वराम मानन्धरले जनाए । वैशाख २७ बाट सुरु भएको दुईदिने कार्यक्रम अक्षय तृतीयाको पावन अवसरमा सम्पन्न भएको छ ।

स्थानिय भाषामा ‘ई’ को अर्थ समय हुन्छ र ‘हि’ भनेको रगत हो । त्यसैले बालिकाको रजश्वला हुनु अगावै गरिने संस्कार नै ईहि हो । ईहि कार्यक्रममा सहभागी हुने बालिकाले दिनभरी ब्रत बसेर पूजाविधि बमोजिम कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । बालिकाको आमा र बुवा अनिवार्य सहभागी भएर परम्परागत मान्यता बमोजिमका पूजा पाठ गर्दछन् । कार्यक्रम अवधिमा महिलाले गृहस्थी जीवनमा गर्नुपर्ने विभिन्न कामहरु समेत सिकाइन्छ । घर सफा गर्नको लागि कुचो लगाउने, खाना पकाउनको लागि सिलौटोमा मसला पिँध्नेदेखि अन्य घरायसी विधिहरु सिकाइन्छ ।
श्रीमानको मृत्यु पश्चात् श्रीमती पनि अनिवार्य सती जानुपर्ने कुप्रथालाई उन्मुलन गराउनको लागि सांस्कृतिक विद्रोहको रुपमा ईहि संस्कार सुरु गरिएको कार्यक्रममा सहभागी भएका अग्रजले बताए । हुनपनि ईहि कार्यक्रममा बेलसँग सांकेतिक रुपमा बालिकालाई विवाह गरिदिएर आमाबुवाले कन्यादान दिलाउने पूजाविधि गराइन्छ ।
त्यस्तै, तत्कालीन नेपाल मण्डलमा मुसलमानहरुले आक्रमण गर्दा अविवाहित किशोरीहरुलाई अपहरण गर्ने उर्दी जारी भएको बताइन्छ । त्यसैले सोही उर्दीबाट बालिकाहरुलाई बचाउन बेलसँग सांकेतिक रुपमा बिबाह गरिदिएर सिउँदोमा सिन्दूर राख्ने चलन सुरु भएको अर्कोथरी स्थानियहरु दाबी गर्दछन् ।
नेवार समुदायभित्र ईहि परम्परा कहिलेदेखि सुरुआत भएको भन्ने विषयमा थप अध्ययन आवश्यक छ । खासमा नेवार समुदायभित्र प्रत्येक बालिकालाई बिजोर वर्षमा रजश्वला हुनु अगाडि यो संस्कार गराउनै पर्ने अनिवार्य प्रचलन रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal