आज :

छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

  • अनलाइन डबली

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको अवसरमा नेपाली सेनाले सुर्य देवता तथा छठीमाई लगायत बारा पर्साका विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ वीरगञ्जको घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधि अनुसार सलामी अर्पण गरेको हो ।

वीरगञ्जको श्रीपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको परेड तथा मार्च गर्दै घडिअर्वा छठघाट पुगेर छठीमाता, सुर्यदेवता, गहवामाई, गढीमाई, विन्दवासिनी माई लगायत विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ ।

गत वर्षको छठ पूजादेखि वीरगञ्जमा छठी माई र सूर्य भगवानलाई समेत सेनाले सलामी अर्पण गर्न थालिएको हो । व्यारेग देखि निर्धारित मार्गको परिक्रमा गर्दै छठघाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेपछि सेनाको टोलीले सैनिक विधिअनुसार सलामी अर्पण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।

छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सलामी कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ थियो । छठ पर्वप्रतिको आस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै कार्कीले नेपाली सेनाले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएको बताए ।

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार छठ पर्वको इतिहासमा सम्भवतः गत वर्ष पहिलो पटक नेपाली सेनाले छठी माई र सूर्य भगवानलाई सलामी अर्पण परम्परा अति सराहनीय भएको बताए ।

धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वमा नेपाली सेनाको सहभागिता तथा सलामी कार्यक्रम पछि घडिअर्वामा उपस्थित लाखौ भक्तजनले ताली बजाएर धन्यवाद व्यक्त गरेको थिए । सेनाको सलामीले छठपर्वको गरिमा र आस्थालाई थप प्रगाढ बनाएको प्रचार प्रसार उपसमितिका संयोजक प्रणय साहको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal