आज :

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

  • अनलाइन डबली

काठमाडौं । यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ ।

हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक कार्ड सुरू गरेका छन् । यसलाई अनुमति कार्डको रुपमा ब्याख्या गरिएको छ ।

इन्डोनेसियामा आयोजित एक समारोहमा इन्डोनेसियाली हज मिसनलाई नुसुक कार्डको उद्घाटन ब्याच प्रदान गरिएको थियो । नुसुक कार्ड, भौतिक र डिजिटल दुवै ढाँचामा उपलब्ध छ, प्रत्येक तीर्थयात्रीको बारेमा विस्तृत डेटा समावेश गरिएको छ ।

धार्मिक स्थलहरूमा पहुँच प्राप्त गर्न र साउदी अरेबियाको मक्का शहरको भ्रमण गर्नका लागि कानूनी तीर्थयात्रीहरूले सधैं कार्ड बोक्नु पर्ने छ । विदेशी हजयात्रीले हज भिसा पाएपछि सम्बन्धित हज कार्यालयबाट नुसुक कार्ड पाउनेछन् भने आन्तरिक हजयात्रीले हज अनुमति पाएपछि तोकिएको सेवा प्रदायकबाट प्राप्त गर्न सक्नेछन् ।

हज मन्त्रालयले नुसुक कार्डलाई आधिकारिक मुद्रित कार्डको रूपमा वर्णन गर्दछ जसले वैध तीर्थयात्रीहरूलाई अरूबाट अलग गर्दछ ।  यस वर्ष विश्वभरबाट करिब २० लाख मुस्लिम हजका लागि साउदी अरेबिया पुग्ने अनुमान गरिएको छ । गल्फ न्यूजका अनुसार अनुसार यस वर्ष रमजानमा करिब ३० लाख मुस्लिम उम्राह गर्न पुगेका थिए ।

गत वर्ष विश्वभरबाट करिब १८ लाख मुस्लिम हजका लागि साउदी अरब पुगेका थिए । यस्तो अवस्थामा यस वर्ष पनि कीर्तिमानी संख्यामा हजयात्री पुग्ने अपेक्षा गरिएको छ । यो वर्ष साउदी हज मन्त्रालयका ३ हजार ५ सय कर्मचारीलाई मदिनाबाट आउने र जाने तीर्थयात्रीको हेरचाह गर्ने जिम्मा दिइएको छ ।  नेपाल सरकारले पनि मुस्लिम समूदायकालाई हज गर्नका लागि व्यवस्था मिलाउने गरेको छ ।

किन गर्छन् हज ?

इमान, नमाज, रमजान, जकात र हज इस्लाम धर्मका पाँच स्तम्भ हुन् । मोहम्मदमाथि विश्वास र अल्लाहबाहेक कसैको पूजा नगर्नु नै इमान हो । हरेक मुसलमानले दिनमा पाँच पटक नमाज (धार्मिक ग्रन्थ) पाठ गर्नु पर्छ । हरेक मुस्लिमले रमजान महिनामा रोजा व्रत लिनु पर्छ । रोजा व्रत लिएको बेला सूर्योदयदेखि सूर्यास्तको समयसम्म मुखमा अन्न र पानी राख्नु हुँदैन ।

आफ्नो कमाईको साढे दुई प्रतिशत रकम धार्मिक कार्यको लागि दान गर्नु नै जकात हो । हरेक मुसलमानले आफ्नो जीवनकालमा एक पटक मक्कामा पुगेर हज गर्नुलाई इस्लाम धर्मको पाँचौं स्तम्भ मानिएको छ । त्यसैले मुस्लिम धर्म मान्नेहरु हज गर्न मक्का मदीना पुग्ने गर्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal