आज :

दुइ  बर्ष देखि  १६ लाख नागरिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा , दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको सरकारको दाबी

  • अनलाइन डबली

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सवारी अनुमति पत्र  लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका  बताउनु भएको  छ ।  मन्त्री महासेठले हिजाे बिहिबार  प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा लाइसेन्स वितरणलाई चुस्त र प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिनु बह्य्हेको हो ।

झन्डै दुइ  बर्ष देखि  १६ लाख नागरिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ ।

यसअघि विभिन्न कारणले लाइसेन्स छपाइ बन्द भएकोमा झन्डै एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेको उहाँले बताउनु भयो । लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीव्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताउनुभयो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नहुदा भौचर बिलाकै भरमा नागरिकले  सवारी चलाउन बाध्य छ ।  सवारी चालकको प्रष्ट पहिचान खुल्न नसक्ने भौचर बिलका कारण ट्राफिक प्रहरीको काम कारवाही मात्र हैन सवारी लिएर सडकमा  हिड्ने नागरिकमा  समेत जोखम बढाएको छ ।

लाइसेन्सका लागि दुई वर्षअघि परीक्षा पास गरेका तथा नवीकरणका लागि आवेदन दिएकाको मात्र अहिले छपाइ हुने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal