काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन काठ माडौंमा आजदेखि सुरु हुँदैछ । आज र भोलि गरी २ दिनसम्म चल्ने अधिवेशनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने तयारी भइरहेको छ ।
बिहान ८ बजे राष्ट्रिय सभागृहमा अधिवेशनमा पूर्वसन्ध्यामा पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् ।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय अधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् ।
केन्द्रीय अधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
त्यसैगरी विहीबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले नेतृत्व चयनको लागि आगामी जेठ १९ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखाको नेतृत्व चयन हुनेछ । त्यसअघि सदस्यता शुद्धिकरणको काम सक्ने महासंघले जनाएको छ ।