काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख २० गते बसेकाे बैठककाे सिफारिसमा वैशाख २८ गते शुक्रवार दिउँसाे २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’,
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।