काठमाडौँ । नेपाल वायससेवा निगमको जहाज आवश्यक मर्मत पश्चात् इजरायलबाट शनिबार साँझ काठमाण्डौं अवतरण गरेको छ। उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छानौर भएको मेंतेनेंस एण्ड रिपियेर अर्गनाइजेसन – एम् आर ओंमा मर्मत भइरहेको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड फेर्न पर्ने देखिएको र तथा निगमका सम्बन्धित इन्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदन अनुसार सो सँग सम्बन्धित पार्ट पुर्जाहरुको बजारमा अभाव भएको तथा युद्द प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई र्मत सम्भार कार्यमा केही ढिलाई हुन पुगेको देखिएता पनि वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरुको लगातारको अथक प्रयासबाट युद्द प्रभावित क्षेत्र भएको अवस्थामा समेत इन्जिनको सकेसम्म छिटो मर्मत गराई जहाज उडान योग्य भएको निगमले भनेको छ ।