आज :

आज पनि नेपाल र वेष्टइन्डिज ए सँग खेल हुँदै, दोस्रो खेलमा पनि जित हालिस गर्ने नेपाली टोलीको दाबी 

  • अनलाइन डबली

काठमाडौं । आज पनि नेपाल र वेस्टइन्डिज ए बीच खेल खेल्दैछ । हिजोबाट सुरु भएको टी-२० सिरिज खेल आज दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै सुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै शानदार जित हात पारेको थियो ।

२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । यही उच्च मनोबलसहित नेपाली  टोलीले आज पनि जित हात पार्ने दाबी गरेको छ ।

हिजो भएको खेलमा बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए ।

पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal