आज :

नेपालभाषा र तामाङभाषा सरकारी कामकाजि भाषा लागु हुदै

  • बुद्धशरण शाही

काठमाडौँ  । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा नेपालभाषा र तामाङभाषालाइ सरकारी कामकाजि भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार कात्तिक २३ मा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्थाअनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ। प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २४ गते बसन्तपुरमा प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने बताएका थिए । संविधानअनुसार नेपाली भाषासँगै बागमती प्रदेशभित्र बहुसंख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरुमा लागु गर्ने उनले बताएका थिए । पहिलो चरणमा सरकारी निकाय र स्थानीय तहको बोर्ड तथा लेटरहेडमा नेपाली भाषासहित तामाङ र नेपाल भाषा उल्लेख गरिने प्रवक्ता श्रेष्ठले बताए।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal