आज :

अजित मिजारको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं । अजित मिजारको न्यायका लागि विभिन्न दलित संगठनहरुले सरकारको खबरदारी गरेका छन् ।

बुधबार एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले काठमाडौंको माइतीघरमा मिजारको हत्यारामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायका संयुक्त प्रदर्शन गरेका हुन् ।

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन् ।

उनले भनिन्, ‘यो जात व्यवस्थालाई संरक्षण गर्ने यो राज्यले पीडितहरुको पक्षमा न्याय नदिने गरेको छ । यो अजितको मात्रै होइन, धेरै दलितहरुमाथि हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरु हुन्छ । तर राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाउने व्यवस्थनको विरुद्ध हामी छौं ।’

गजमेरले मिजारको न्यायका लागि ८ वर्षदेखि आन्दोलनरत रहेको भन्दै उनको परिवारले न्याय नपाउञ्जेलसम्म सडक आन्दोलन जारी राख्ने बताएकी हुन् ।

यस्तै, अजित मिजारको बाबु हरिभक्त ढकालले मिजार ७३ सालमा भएको घटनामा हालसम्म पनि न्याय नपाउँदा सडकमा आउन बाध्य भएका बताए ।

उनले भने, ‘अजितको आज सर्वोच्चमा तारिक थियो । त्यही कारणले म काठमाडौं आएको थिएँ । तर फेरि जेठ २१ गतेलाई तारिक राखिदिएको छ । यस्तै ताल हो भने अदालतले हामीलाई न्याय दिँदैन । न्याय दिने भए ७३ सालदेखि ८१ साल लागिसक्यो, अझैसम्म नपाएको न्यायको लागि सडकमा नै आउनुपर्ने बाध्य भएका छौ ।’

अन्तर्जातीय प्रेम विवाह गरेका काभ्रेका मिजारको ८ वर्ष अघि धादिङमा हत्या भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal