काठमाडौंको नरः (हाँडीगाउँ) मा गहना खोज्ने जात्रा आज बुधबार सम्पन्न भएको छ। टंगाल स्थित पौराणिक किम्व दन्ति जोडिएको गहना पोखरीमा हुने जात्रा ने स ८०५ माराजा शिवसिंह मल्लले शुरु गराएका हुन् । टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किदा यसै स्थानमा हराएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष चैत कृष्ण प्रतिपदाका दिन खोज्ने गरिएको भनाइ छ। जात्रा गर्नपहिले पहिलिले बुढानिलकण्ठ बात राजकुलोको माध्याम बाट पानि ल्याई पोखरी भरिने गर्दथियो । हाल राजकुलो मासिसकेपछी अन्य स्रोत बात पोखरीमापनि भरि जात्रा संचालन गरिदै आएको छ ।


बुद्धशरण शाही


