आज :

प्रधानमन्त्री प्रचण्ड र कतारी राजा शेखबीच भेटवार्ता हुँदै, ६ वटा सम्झौतामा हस्ताक्षर हुने

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज भेटवार्ता हुँदै छ ।

होटल सोल्टीमा हुन लागेको भेटवार्तामा द्विपक्षीय सम्झौता र समझदारीबारे छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुनेछ । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ ।

यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ । नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गरेर मात्रै पक्रिया अगाडि बढ्नेछ ।

आजको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले हात्ति उपहार दिने घोषणा गर्ने तर सम्झौतामा हस्ताक्षर नगर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal