आज :

एसईई दिएर उच्च शिक्षा अध्ययनको योजना बनाइरहेका विज्ञानलाई ब्लड क्यान्सर

  • अनलाइन डबली

काठमाडौँ । एसईई दिएर उच्च शिक्षा अध्ययनबारे योजना बनाइरहेका विज्ञान बुढालाई ब्लड क्यान्सर संक्रमण भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –५ खहरे स्थायी घर भई हाल काठमाडौँमा आमाबुबासँग बस्दै आएका १६ वर्षीय विज्ञान बुढामगरलाई ब्लड क्यान्सर संक्रमण भएको पुष्टि भ्एको छ ।

केही दिनदेखि स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । काठमाडौँमा रोग पत्ता नलागेपछि थप उपचारको लागि भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा जाँच गर्दा ब्लड क्यान्सर भएको पुष्टि भएको हो ।

बुवा खिमबहादुर बुढा र आमा सुनिता पुन बुढासँगै दिल्ली पुगेका विज्ञान अहिले राजिब गान्धी क्यान्सर अस्पतालमा भर्ना भएका छन् । बुबा खिमबहादुरले सामाजिक संजालमार्फत छोरालाई क्यान्सर संक्रमण भएको उपचार महंगो भएको भन्दै सहयोगको लागि अपील गरेका छन् । उनले एसईईको रिजल्ट पर्खिरहेको बेला प्राणघातक रोग ब्लड क्यान्सरको संक्रमण भएको रिजल्ट सुन्नु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।

सानैबाट लगनशील र पढाईमा अब्बल विज्ञानले काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलबाट एसईई दिएका थिए ।

एसईई दिनुभन्दा पहिलेदेखि नै विज्ञानको स्वास्थ्यमा समस्या देखा परेपछि काठमाडौंका टिचिङ्ग हस्पिटल, मेडिसिटी हस्पिटल, नर्भिक हस्पिटल, मेरिडियन हस्पिटल, नेपाल प्रहरी हस्पिटल, चिरायु हस्पिटललगायतका दर्जन बढी हस्पिटलमा चेकजाँच गर्दा रोगको एकिन नभएपछि दिल्ली पुगेका थिए ।
बुबा खिमले आफन्त, साथीभाई तथा शुभचिन्तकलाई पीडा सुनाउन नचाहेको तर विज्ञानको उपचारको लागि अस्पतालले दिएको लागत खर्च आफूहरुले धान्न नसक्ने अवस्था सिर्जना भएपछि भन्न बाध्य भएको बताएका छन् ।

“जवान हुँदै गर्दाको छोरो प्राणघातक रोगसंग लड्दै गर्दा यस्तो अवस्थाको यो खबरले हाम्रा, आफन्त, साथीभाई तथा शुभचिन्तकलाई समेत सुनाएर थप पीडा दिन चाहन्न थियौं । यद्यपि यो रोगको उपचारका लागि हस्पिटलले दिएको लागत उपचार खर्च हाम्रो आर्थिक अवस्था भन्दा कैंयौ गुणा बढी छ । हामीसँग भएको जायजेथा सम्पति सबै जोड्दा समेत उपचारको कूल खर्चको एकचौथाई पनि नभेट्ने अवस्था देखिएकाले सक्दो सहयोगका लागि देश तथा बिदेश सबैतिर रहनुहुने सम्पूर्ण ब्यक्ति, संघसंस्था, पत्रकार,आफन्त, साथीभाई, ईष्टमित्र, समाजसेवी, राजनैतिक दल, कर्मचारी वर्गमा आफ्नो सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपील गर्दछौं” खिमले भनेका छन् ।

सहयोगी तथा मनकारी व्यक्तिहरुले विज्ञानको उपचारको लागि निम्नानुसार सहयोग तथा सम्पर्क गर्न सकिने छ ।

आमाको नाम :- सुनिता पुन (बुढा)

फोन नं. 9848085146 (Whats app)

फोन नम्बर:- 00918586841480( India )

बैंकको नाम :- कृषि बिकास बैंक

खाता नं. 0210101193111010

खातावालाको नाम : Sunita pun budha

शाखा कार्यालय : ठमेल

बुबाको नाम:- खिम बहादुर बुढा

फोन नं:- 9848061736(Whats app)

स्थायी ठेगाना :- चौरजहारी नगरपालिका-५,खहरे,रुकुम पश्चिम, कर्णाली प्रदेश, नेपाल ।

अस्थायी : काठमाडौ , बाग्मती प्रदेश ।

हाल उपचारार्थ हस्पिटलको नाम ठेगाना:-

– राजिव गान्धी क्यान्सर हस्पिटल

रोहिणी पश्चिम, सेक्टर -5,नयाँ दिल्ली भारत ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal