आज :

नेपालभाषा र तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा लागू हुदै , बैशाख २४ गते सार्वजनिक बिदाको माग

  • अनलाइन डबली

काठमाडौँ ।  बागमती प्रदेशमा आउने बैशाख २४ गते सोमवार सार्वजनिक बिदा दिन माग गरिएको छ  ।  नेपालभाषा (नेवार भाषा )  र तामाङ भाषायालाइ सरकारी कामकाजि भाषाको रुपमा लागू हुने भएको दिन लाइ उत्सवको रुपमा मनाउन  नेवाः देय् दबू बागमती प्रदेश समितिका अध्क्षय् विष्णुगोपाल महर्जन, नेपाल तामाङ घेदुङया बागमती प्रदेशका अध्क्षय् लिलाकुमार घलान र नेवाः देय् दबू स्वनिगः ( उपत्यका ) विशेष प्रदेश समितिका अध्क्षय् श्रीकृष्ण महर्जले आज संयुक्त विज्ञप्ति जारीगर्दै यस्तो माग गरेको हो ।
बागमती प्रदेशमा नेपालभाषा र तामाङभाषालाइ सरकारी कामकाजि भाषाका रुपमा बैशाख २४ गतेदेखि लागू हुने भनेको नेवाः र तामाङ समुदायको मात्र नभई समग्र बागमती प्रदेशवासीका निमित्त नै उत्सव भएको भन्दै विज्ञप्तिमा यस दिनलाइ बागमती प्रदेश नेवाः तामाङ भाषा दिवसका रुपमा मनाउन नेवाः देय् दबूया जिल्ला समििित, पालिका समिति, तामाङ घेदुङया जिल्ला र पालिका समिति संगै अन्य विभिन्न जातीय संगठनलाई अनुरोध गरेको छ ।
लामो समय देखि आन्दोलन र बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभामुखदेखि सांसद र सबैको भूमिकाको कारण बाट नै भाषा ऐन ल्याउन सफल भएको अनुसार यही बैशाख २४ गतेबात नेपालभाषा र तामाङ भाषालाइ सरकारी कामकाजि भाषाको रुपमा लागू गर्ने कार्य भैरहेको भन्दै जारि संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै गरि नेवाः देय् दबू बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङका बागमती प्रदेश समिति र नेवाः देय् दबू स्वनिगः ( उपत्यका ) विशेष प्रदेश समितिले संयुक्त आयोजनामा बैशाख २४ गतेका दिंनमा बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने तयारी भैरहेको विज्ञप्तिबाट जानकारी दिएको छ।

यस्तो छ बिज्ञप्ति – 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal