आज :

बीमा सेवा झन्झटिलो नभै प्रभावकारी बनाउन सरोकारवालाको जोड

  • अनलाइन डबली

सुर्खेत ।
बीमा सेवालाई झन्झटिलो नभै प्रभावकारी बनाउन सरोकारवालाले जोड दिएका छन् ।
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रहरी तथा यातायात व्यवसायीसंग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बीमा सेवा प्रभावकारी नभै झन्झटिलो भएको गुनासो गरे ।
उनीहरुले बीमाप्रतिको असमझदारी हटाउन नेपाल प्रहरी,बीमा कम्पनि र व्यवसायीहरुबीच समन्वयात्मक भूमिका रहनुपर्नेमा जोड दिए ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कतिपय व्यवसायीले घटना घटिसकेपछि बिमा गर्ने र त्यसपछि भुक्तानी दाबी गर्दा समस्या हुने गरेको औंल्याए । उनले व्यवसायीहरुका कतिपय कमजोरी औंल्याउँदै “घटना भैसक्छ, अनि बिमा गरिन्छ । यो प्रहरीको गल्ती हो कि व्यवसायीको गल्ती हो ?” भन्दै प्रश्न गरे ।
गाडी बेच्ने तर पास नगर्ने अर्को समस्या रहेको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले नेपाल प्रहरी, बीमा कम्पनि र व्यवसायीको बीचमा समन्वय गरेर बीमा प्रतिको असमझदारी हटाउनुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले कोही कसैको प्रभावमा नपरेर प्रहरीले निश्पक्ष रुपले काम गर्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिए ।


उनले घटना घटिसकेपछि मुचुल्का बनाउँदा प्रहरीले ध्यान दिनुपर्ने र दुर्घटना निश्पक्ष रुपमा प्रमाणित गरेर बीमितले बीमा भुक्तानी दाबी गर्न सरल तरीका अबलम्बन गर्नुपर्ने औंल्याए ।
प्रहरी नायव महानिरिक्षक आचार्यले नेपालमा मापासे गरेर यातायातका साधन चलाउने चालकका कारण बढीभन्दा बढी दुर्घटना हुने भएका कारण असल चालक खोजेर गाडी चलाउन व्यवसायीलाई आग्रह गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ कर्णाली प्रदेशका संयोजक तथा देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्का जुनीले व्यवसायीहरु र बीमा कम्पनीबीच बीमा क्षेत्रमा देखिएका समस्याहरुलाई निराकरण गर्न यस्ता छलफल र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्नुपर्ने भन्दै बताए ।
अन्तरक्रियामा बोल्दै नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निजीवन बीमकतर्फ) कर्णाली प्रदेशका अध्यक्ष गणेश प्रसाद जोशीले दुर्घटनापछि पीडितले बीमाको दाबी भुक्तानी गर्दा विभिन्न प्रक्रियाहरु पुरा गरेमा बीमाको दाबीभुक्तानी झन्झटिलो नहुने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले बीमाप्रतिका कमीकमजोरी हटाएर सबै पक्षबीचको समझदारी बढाउन सुझाव दिए ।
त्यस्तै अन्तरक्रियामा बोल्दै मध्यपश्चिम यातायात प्रा.लि.का अध्यक्ष यादव विसीले दुर्घटनापछि प्रहरीले कानूनी प्रक्रिया अनुसार काम नगर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले नेपालको वित्तीय प्रणाली, नेपाल प्राधिकरणको कार्यक्षेत्र,बीमा सम्बन्धी कानूनी व्यवस्था,राष्ट्रिय बीमा नीति,२०८०, बीमाको सैद्धान्तिक पक्ष,बीमा मध्यस्थकर्ता,बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरु, बीमा सम्बन्धमा प्रहरीको भूमिका, बीमा क्षेत्रमा हुनसक्ने आर्थिक, सामाजिक तथा नैतिक जोखिम सम्बन्धमा प्रही र बीमा प्राधिकरणको साझेदारीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


उनले प्रहरी र बीमा प्राधिकरणबीच आगामी दिनमा निरन्तर छलफल, अन्तरक्रिया, समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिदै बीमामा देखिएको समस्या सहकार्यबाटै निराकरण गर्नुपर्ने बताए ।
७० जना सहभागी भएको अन्तरक्रिया कार्यक्रमको संचालन विश्वराज भट्टराई र स्वागत भाषण केशवराज भण्डारीले  गरेका थिए । ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal