काठमाडौँ । ललितपुर महानगरपालिका भित्र रहेका पुराना एक सय ५० पाटी पौवा पुनःनिर्माण हुनेबह्येको छ । विश्वसम्पदा दिवसको अवसरमा बिहिबार महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका यस्ता सम्पदाहरु पुनःनिर्माण गरिएको जानकारी दिनुभएको हो । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौंदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको बताउनुभयो ।
मेयर महर्जनको विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको बताउनु भयो । विश्वसम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो ।