आज :

भारतको सामुदायिक विकास परियोजना : दार्चुलामा बन्नेभयो सुविधासम्पन्न विद्यालय

  • अनलाइन डबली

काठमाडौं । भारतले नेपालमा विभिन्न जिल्लामा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको नेपालस्थित भारतीय दूताबासले जनाएको छ । जसमध्ये ४ सय ८९ वटा परियोजना सम्पन्न भइसकेको जानकारी दिएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा उक्त परियोजना संचालन गरेको हो । ति परियोजनामध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा मात्र छन् । दार्चुलामा विहीबार मात्र शैल्यशिखर नगरपालिकामा भारतको सहयोगमा गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । भवनका लागि भारत सरकारको २.७३ करोड आर्थिक सहयोग रहेको छ ।

मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले उक्त भवनको शिलन्यास गरेका हुन् ।  कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारतको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचर निर्माण गरिने दूताबासले जनाएको छ ।

भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौं वटा एम्बुलेन्स र तीनसय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा आठ वटा एम्बुलेन्स र दुईवटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

०००

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal