आज :

आज र भोलि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

  • अनलाइन डबली

काठमाण्डौ। सरकारले आज र भोलि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो ।

झण्डै ३२ लाख बालबालिकालाइ  भिटामिन ‘ए’  र  झण्डै २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले जनाएकोछ  ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।   ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै आज र भोलि यसअघि खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal