आज :

लगनखेल मंगलबजारबाट फुटफाट हटाउन माग

  • पदम श्रेष्ठ

ललितपुरको लगनखेलदेखि मंगलबजारसम्म बढ्दै गईरहेको फुटफाटे ब्यापारीको कारण बाटो हिड्ने बटुवादेखि सवारी चापको अस्तब्यस्तताले स्थानियबासीहरु पिडित हुँदैगईरहेको देखिन्छ ।
अव्यवस्थित सडक ब्यापारीको कारण दृश्य प्रदुषण , जताततै फोहर र पसल कवलहरुमा समेत ब्यापार हुन छोडेपछि सर्वत्र बिरोध हुन थालेकोछ । स्थानिय ब्यापारी रमण श्रेष्ठ भन्छन् , हामीले घरको बहाल तिर्नु पर्छ ,कामदारलाई तलव ,नगरपालिकालाई अनेक प्रकारको कर , फोहर उठाउनेलाई पैसा सबै तीरेरपनि ग्राहकलाई विल दिनु पर्छ तर सडक ब्यापारीले यी कुनैपनि भार ब्यहोर्नु पर्दैन । त्यसमाथि कमगुणस्तरको सामग्री सडकमा राखेर बेच्दापनि कतैबाट कसैले कार्यवाही गर्दैन यस्तो विभेद बन्द हुनुपर्दछ ।
उपभोक्ताहरुलाईपनि उपभोग्य सामग्री , खानेकुरा तरकारी , फलफुलैपनि सडकमा बेच्नेहरुले सस्तोको नाउँमा तल्लो गुणस्तरको रिजेक्ट पिसहरु मात्र बेच्ने गरिरहेकाछन् भने किनेको सामान साटफेर गर्नु पर्यो भनेपनि फिर्ता हुन सकिरहेकोछैन् । नगरपालिका कर पाउनबाट समेत बञ्चित हुनुपरिरहेको छ । सडक ब्यापारीका कारण ललितपुर महानगरपालिका आफैंले सञ्चालन गरिरहेको गावहालस्थित धपगा बजार , लगनखेलको तरकारी बजार , लगँवहीदेखि प्रयागपोखरीहुदै ंमंगलबजारसम्मका भित्री चोक चोकमा सञ्चालित बजार थप्पै हुने स्थितिमा पुगेको स्थानिय व्यापारीहरु बताउँछन् । नगरपालिकाका नगरप्रहरीहरुकै अगाडि सडक ब्यापारीलाई अस्तव्यष्ट छोडिदिनाले ललितपुर महानगरपनि काठमाडौंका मेयर बालेनले फुटफाटे ब्यापारी हटाउनु भन्दा अघिकै जस्तो नाक खुम्च्याउनुपर्ने स्थिति आएको स्थानिय ब्यापारीहरुले बताउन थालेकाछन् । हुन त ललितपुर महानगरपालिकालाई ब्यवस्थित नगरपालिकाको अन्तराष्टिय अवार्ड प्राप्त भएको छ तर लगनखेलदेखि मंगलबजारको अष्टव्यस्त सडक ब्यापारले त्यो सम्मानले गिज्याईरहेको अनुभुति गर्न सकिन्छ । काठमाडौं महानगरपालिकाले फुटफाटे ब्यापारीलाई हटाएपछि त्याहाँका ब्यापारीहरुपनि हाल ललितपुरमा पल्कन थालेको देखिन्छ तर काठमाडौंको फुटफाटे समस्यालाई हामीले धान्नु हुदैन स्थानियहरुले बताएकाछन् । जब जब मानिसहरु कामबाट आवत जावत गर्ने बेला भैरहेको हुन्छ , स्कुल क्याम्पसका विद्यार्थी र यात्रुहरु ओहर दोहर गरिरहेका हुन्छन् तव तव सडक ब्यापारीहरुले विभिन्न उपभोग्य सामग्रीदेखि खानेकुरासम्म बटुवाका मुख मुखमा लगेर भिराउन तछाड मछाड गर्न थाल्नु भने र बस पार्कपनि लगनखेलमा नै रहेको कारण पार्किङगमा समेत ठुलो समस्या आईरहेको देख्न सकिन्छ । त्यस्तो अशोभनिय ब्यापारलाई ब्यवस्थापन गर्नुपर्नेमा उल्टै ललितपुर नगरप्रहरीले सड्क ब्यापारीलाई खुल्लमखुल्ला छोडेपछि झनै क्रोनिकबन्दै जानथालेको प्रत्यक्ष देख्न सकिन्छ ।
ललितपुरमा पनि काठमाडौंमा जस्तै बैकल्पिक ठाउँको ब्यवस्थापन वा पहिले संचालित तरकारी ,फलफुल वा उपभोग्य सामग्री ब्यापार गर्ने ठाउँलाई सुधारगरी चालु गर्नुपर्ने अन्यथा हामीपनि पसल कवल बन्दगरी सडकमानै आउन बाध्यहुने नाउँ नछाप्ने सर्तमा एक ब्यापारी बताउँछन् । कतिपयले त पसल कवलको ब्यापार नचलेपछि फुटफाटमापनि राख्ने गरेकाछन् भने थुप्रै सडक ब्यापारी नगरप्रहरीकै आफन्तहरुपनि हुनेगरेको विगत २० वर्षदेखि काठमाडौंमा सडक ब्यापार गरिरहेका तर हाल लगनखेलमा रहेका नवराज अधिकारी बताउँछन् । उनि सडक ब्यापारलाई बैकल्पिक ठाउँको ब्यवस्था हुनै पर्ने अन्यथा स्वरोजगार ब्यापारलाई कुनैपनि हालतमा नछोड्ने दावी गर्छन । तर कर ,घर वहाल र सफाईको बेवास्था गरेरपनि कम गुणस्तरको खाद्य वा उपभोग्य सामग्री बेचिन्छ भन्छ नि भन्ने प्रश्नको जवाफमा अर्का सडक ब्यापारी सुशिल शर्मा मरहठठा स्पष्ट जवाफ फर्काउँछन् ,त्यो त उपभोक्ता आफैंले छान्न जान्नु पर्दछ । छान्न जाने भने गुणस्तरीय सामानहरु एकदम सस्तोमा पाईने दावी उनको छ ।
यस सम्बन्धमा ललितपुर महानगरपालिका प्रमुख सिताराम हाछेथु भने लगनखेलको बस पार्क समेत अन्यत्र स्थानान्तर गरी सो स्थानलाई परम्परागत असन बजारकै रुपमा प्रवद्र्धन गर्ने सोच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ल्याउनुभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ , ललितपुर नगरपालिकाभर कतैपनि हामीले फुटफाट राख्न दिएका छैनौ तर लगनखेलदेखि मंगलबजारसम्मको परम्परागत बजारलाई पनि हटाउने हो भने एकातर्फ सानो सानो लगानीमा भैरहेको स्थानिय उत्पादनले बजार नपाउने हुन्छ भने अर्को तर्फ सयौं साना ब्यापार ब्यवसायीहरुले गरिरहेको स्वरोजगारबाट बिस्तापित हुनुपर्ने दावी गर्नुहुन्छ । लगनखेलमा सडक ब्यापारीहरु अस्तव्यस्त स्थितिमा नरहेको सि.सि. फुटेज समेत देखाउनुहुदै नगरप्रहरी प्रमुख हाछेथुले लगनखेलदेखि मंगलबजार सम्मको फुटफाट ब्यापार वटुवा हिड्ने पेटी र गाडि हिड्ने सड्कमा राख्न नदिएको दावी समेत गर्नुभयो । जबकी प्रत्येक दिन बिहान ८ बजेसम्म र बेलुका ५ बजेदेखि लगनखेलदेखि मंगलबजारसम्म वटुवालाई हिड्न ,सवारी चलाउनसमेत समस्याहुनेगरी फुटफाटे ब्यापारीहरु अस्तब्यस्त रुपमा बसिरहेको देख्न सकिन्छ भने यस्ता सडक ब्यापारीलाई ब्यवस्थित रुपमा राख्न सकिने धवगाल , लगनखेलको तरकारी बजार ,थथीलगायतका खाली ठाउँ बारे कुनै सोच नल्याएको स्थानिय बासिन्दाको आरोप छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal