
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको जनाएको छ ।