आज :

पोर्चुगलको राजदूतमा सिफारिस गरेको पाँच महिना नाग्दासमेत खुलेन दुतावास , श्रमिकहरु आफुले नचाहेर पनि अवैध रुपमा बस्न बाध्य

  • अनलाइन डबली

काठमाडौँ । युरोपको पोर्तुगलमा नेपाली श्रमिकहरुले राजदुतावास नभएका कारण निकै नै कष्ट भोगिरहदा चौतर्फी दबाबपछि गत कात्तिक महिनामा सरकारले  पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गर्‍यो, तर झन्डै पाँच महिना नाग्दासमेत पोर्चुगलमा राजदूत बिहिनको अवस्था कायेमै छ। । यस अगाडिको गठबन्धन सरकारले सनिल नेपाललाइ कार्तिकमा पोर्चुगलको राजदूतमा सिफारिस गरेको थियो । राजदूतावास खुल्ने भएपछि उत्साहित बनेका नेपालीहरू निराशाको समय लम्बिएको छ ।

राजदूतावास स्थापनाको लागि नेपाल सरकारलाई झकझक्याउन ३ बर्ष अगाडिबाट निरन्तर अभियान नै चलाएका गंगाबहादुर नेमकुलले विभिन्न माध्यामबाट उपप्रधान तथा परराष्ट्र मन्त्री राजदूत पठाउन आग्रह गरेको र यस बिषयमा उहा सकारात्मक रहेको समेत बताए। ‘ पासपोर्ट नबिकरण वा नयाँ पासपोर्ट लिन महिना दिन देखी वर्ष दिन सम्म कुर्नु पर्ने अबस्था छ , श्रमिकहरु आफुले नचाहेर पनि अवैध रुपमा बस्न बाध्य रहेको छ, माहाबाणिज्य राजदुतको टोलीले पासपोर्ट नविकरण गर्ने गरे तापनि निश्चत समएमा टोलि नआइ दिदा हजारौ नेपालीको पास्पोर्ट नविकरण सकिएको छ। ’ अभियानता नेमकुलले बताए।

उनका अनुसार पोर्तुगलमा राजदुतावास नहुनुका कारण कुनै पनि सरकारी पत्र वा वारीसा पत्रको सदर गर्ने फ्रान्सबाट नेपाली राजदुत आउने दिन पर्खनु पर्ने बाध्यता कायेम् नै छ ।
नेपालमा रहेको आफ्नो परिवारमा केहि आर्थिक समस्या परेमा पार्टुगलमा रहेका व्यक्ति सम्पत्तीबाट कामचलाउन समस्या ।दुर्भाग्य बस कोहि नेपालीलाई परराष्ट्र सम्धी समस्या आएमा आफ्नो अभिभावक संग नरहेको महसुस भएको छ  । कोही नेपालीको मृत्यु भएमा मृतकको लास नेपाल ल्याउन कठिनाईकोअवस्था रहेको छ ।

उनले पोर्तुगलमा राजदुतबाट स्थापना हुन सक्ने यी आधारहरु राखेका छन् –
नेपाल सरकारको नीति अनुसार जुन देशमा नेपालीहरुले हजारौं संख्यामा बसोबास र रोजगार प्राप्त गरिरहेको छ त्यो देशमा राजदुतावास स्थापना गर्ने । जस अनुसार युरोप मूलककै बेलजियम र स्पेन जस्ता राष्ट्रमा नेपाली राजदुताबास स्थापना भई सकेको छ । पोर्तुगलमा यि दुई देशहरु भन्दा नेपालीहरु धेरै भएको तथ्याङ्क छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal