आज :

सर्वोच्च अदालतले केजरीवालको मुद्दामा अप्रिल २९ अघि सुनुवाई गर्न अस्वीकार

  • अनलाइन डबली

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पनि तत्कालका लागि राहत पाउन असफल भएका छन् ।

सोमबार सर्वोच्च अदालतले केजरीवाल पक्राउको विषयमा प्रवर्तन निर्देशनालय (ईडी) लाई नोटिस जारी गर्दै २४ अप्रिलसम्म जवाफ दिन निर्देशन दिएको छ । अदालतले अब अप्रिल २९ मा केजरीवाल मुद्दाको सुनुवाइ गर्ने भएको छ ।

केजरीवालका वकिलले अप्रिल १९ मा सुनुवाइका लागि मुद्दाको सूची बनाउन माग गरेका थिए तर सर्वोच्च अदालतले चाँडै सुनुवाइ गर्न अस्वीकार गर्दै मुद्दालाई २९ अप्रिलमा सुनुवाइका लागि सूचीकृत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीश सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तको इजलासले केजरीवालको याचिकामा सुनुवाइ गर्नेछ । केजरीवालले यस अघि आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दिल्ली उच्च न्यायालयमा पुगेका थिए तर उच्च न्यायालयबाट उनले राहत पाएनन्, त्यसपछि केजरीवाल सर्वोच्च अदालत पुगेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal