आज :

पाकिस्तानी दूतावासले मनायो ८४ औँ राष्ट्रिय दिवस

  • अनलाइन डबली

काठमाडौँ ।काठमाडौंस्थित पाकिस्तानी दूतावासले  पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस मनाएको छ ।  कार्यक्रममा  उपराष्ट्रपति डा राम सहाय प्रसाद यादव प्रमुख अतिथिको रुपमा रहनुभयो ।  यसै गरी उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एमके नेपाल, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर, परराष्ट्र सचिव सेवा लम्साल र नेपाली सेनाका पूर्व प्रधानसेनापतिको समेत उपस्थिति रहनु भयो ।
उक्त कार्यक्रममा नेपालका वरिष्ठ राजनीतिक, नागरिक तथा व्यापारिक अगुवा, निजामती तथा सैनिक अधिकारी, राजदूत, कूटनीतिज्ञ, पाकिस्तानी समुदाय, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहे ।

 

 

स्वागत कार्येक्रममा बोल्दै राजदूत एच.ई. अबरार एच हाश्मीले सन्  १९४० मार्च मा पारित पाकिस्तान संकल्प को ऐतिहासिक महत्वलाई रेखांकित गरेको स्मरण गर्नु भयो । उहाले प्रजातन्त्र पछ्याउनका लागि कायदे-ए-आजम मुहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्वमा रहेका पुर्खाहरूलाई ठूलो श्रद्धांजलि अर्पण गर्नु भयो ।

राजदूत  हाश्मीले  सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध र सुमधुर सम्बन्ध रहेको बताउनु भयो  । उहाले पाकिस्तान र नेपाल भूगोलदेखि सभ्यताको सम्बन्ध, हिमालयका चुचुरादेखि समृद्ध सम्पदासम्मको अनुपम सम्बन्ध रहेको र सांस्कृतिक समानताले दुई देशका जनतालाई एकताबद्ध गरेको बताउनु भयो ।
स्वागत समारोहमा नेपाली सेनाको ब्याण्डले राष्ट्रिय गानको धुन बजाउनुका साथै केही पाकिस्तानी गीतहरूले दर्शकलाई मोहित बनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal