आज :

नयाँ वर्षको पहिलो दिनः कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेमा मेघगर्जन र चट्याङसहित वर्षा

  • अनलाइन डबली

काठमाडौं । आज नयाँ वर्ष २०८१ को पहिलो दिन। आज सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाका अनुसार हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

हाल कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

शनिबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal