
काठमाडौं । आजबाट नयाँ वर्ष विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्षको अबसरमा विभिन्न कार्यक्रम गरी शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
सरकारले नयाँ वर्षको अबसरमा नेपालभर सार्वजनिक बिदा दिएको छ । देशभर व्यक्तिगत र संस्थागत रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । परिवार तथा आफन्त र साथीभाईबीच भेटघाट गरी शुभकामना बाडिरहेका छन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् विक्रम सम्भवत् विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।
इतिहासकारका अनुसार विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।