आज :

उपराष्ट्रपति यादव र पाकिस्तानका लागि राजदूत हाश्मीबीच शिष्टाचार भेट, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई नेपालले स्वागत गर्ने

  • अनलाइन डबली

काठमाडौँ । उपराष्ट्रपति रामसहय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले भेट घटाघट गर्नु भएको छ । उहाहरु बीच आज पराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेट भएको हो ।

भेट घाटका क्रममा उहाहरुकाबिच एकापसमा शुभकामना आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र पाकिस्तानबीच घनिष्ठ र सुमधुर सम्बन्ध रहेको बताउनुभयो । उहाले भन्नु भयो , ‘हामीले अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग (जेईसी) र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र स्थापना गरेका छौं ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो  । ‘हाम्रा दुई देशले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनता–जनताबीचको सम्बन्धलगायत आपसी सहयोगका धेरै क्षेत्रमा मिलेर काम गर्न सक्छन्,’ उहाले भन्नुभयो । उहाले जलविद्युत, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई नेपालले स्वागत गर्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal