आज :

रुसी सेनाको हमलामा युक्रेनको राजधानीमा रहेको ठूलो पावर प्लान्ट ध्वस्त, किभ अन्धकार 

  • अनलाइन डबली

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानीमा फेरि हमला तेज बनाएको छ । पछिल्लो हमला युक्रेनको राजधानीमा रहेको ठूलो मध्येको एक पावर प्लान्टमा ध्वस्त भएको छ ।

राजधानी किभको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले मिसाइल आक्रमण गरेर ध्वस्त बनाइदिएको हो । आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युक्रेनको राजधानीबाट करिब ४५ किलोमिटर दक्षिणमा रहेको ट्रिपिलिस्का पावर प्लान्ट बिजुली संयन्त्रको एक महत्वपूर्ण हिस्सा थियो । यसबाट युक्रेनलाई ठूलो झड्का लागेको बताइएको छ ।

युक्रेनको कूल बिजुली उत्पादनमा १० प्रतिशत हिस्सा ओगट्ने यो प्लान्टबाट उत्पादित बिजुली कियभसहित तीन प्रदेशमा आपूर्ति हुने गर्दछ । प्लान्ट ध्वस्त भएसँगै राजधानी किभसहित धेरै क्षेत्रमा विजुली आपूर्ती बन्द भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal