आज :

बागमती टिम अन्तर प्रदेश फुटबलको उपाधि नजिक

  • अनलाइन डबली

हेटौंडा । बागमती प्रदेश टिम हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार बागमती र कर्णाली प्रदेशबीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

बागमतीसँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित भएपछि कर्णाली प्रदेश बाहिरिएको हो ।

पेनाल्टीमा बागमती प्रदेशका सुरज विष्ट, बिशोव लामा, छिरिङ लामा, ललित चौलागाईं र प्रीतम स्याङ्बोले गोल गरे । रोशन दोङ र  समुएल सुनार भने पेनाल्टीमा चुके ।

कर्णाली प्रदेशका अनिश परियार, किरण रावत, अभिषेक बम, सनम आचार्य र सुवास बमले गोल गरे । रितेश श्रेष्ठ, हेमन्त गुरुङ र गद्नेश मगरका प्रहार असफल भए ।

अब बागमतीले उपाधिका लागि आगामी आइतबार कोशी प्रदेश टिमसँग खेल्ने भएको छ । बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal