आज :

राष्ट्रिय वाणिज्य बैंकबाट सिइओ श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal