आज :

राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आफ्नो कार्यकर्ता रिहा नगरिए आन्दोलनका कार्येक्रम घोषणा गर्ने चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आयोजना गरेको शान्तिपूर्ण विरोधको क्रममा पक्राउ गरिएकालाइ हिरासत मुक्त नगरिए बहुलराष्ट्रीय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको उपत्यका विशेष ब्युरो नेवा: परिषदले आन्दोलनका कार्येक्रम घोषणा गरिने चेतावनी दिएका छन्।

परिषदले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पर्छि बुधबार बेलुकासम्म रिहाइ, नभए चाैकी घेराउसम्म गरिने नेवा: राष्ट्रिय परिषदका संयोजक सुमन सायमीले बताए।

 

यसै गरि राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाः मण्डल राख्न माग गर्दै अभियानले गरेको प्रदर्शनमा प्रहरीले गरेको दमनले संस्कृति प्रदर्शन गर्ने संवैधानिक अधिकार खाेसेको बताए। उनले नश्लबादी चिन्तन भएकाहरुले उपत्यकाको पहिचान मेटाउन लागेको आरोप लगाए। बहुलराष्ट्रिय राज्य कायम नभएसम्म मुक्ति क्रान्ति आन्दोलन जारि रहने बताए।
बागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले २४ गते शनिबार भद्रकालीमा गरेको प्रदर्शनमा झडप भएको हो । प्रहरी संगको झडपमा आन्दोलनकारी तर्फ ३० जना र प्रहरी तर्फ ५ जना घाइते भएको थियो।

धार्मिक आस्थाको प्रतिनिधि पात्र लामा गुरुला प्रहरीले लाठी लाती र मुड्की प्रयोग गरी गरिएको दुर्व्यवहार गरेको बिषयमा समग्र बौद्ध धर्म समुदायकै आस्थामाथि राज्यबाट भएको अपमानजनक र पूर्वाग्रहजन्य कार्य भएको नेवा: परिषदको निष्कर्ष रहेको जनाएको छ । परिषदले शान्तिपूर्ण कार्यक्रमको आयोजना गरी आफ्‌नो माग राखिरहेका नागरिकमाथि स्थिति नियन्त्रणमा आइसकेपछि पनि बाटोमा हिडिरहेको अवस्थामा लखेटी लखेटी निर्घात कुटपिट गरिएको आरोप लगाएको छ।

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal