आज :

वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा ३२ जना मुद्दा दायर

  • अनलाइन डबली

 चैत २२ , काठमाडौं,  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनालाई प्रतिवादी बनाइ          आज विशेष अदालतमा  आरोप पत्र दर्ता गराएको हो ।

निगमको  ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा ३२ जना प्रतिवादी बनाइ मुद्दा  दर्ता भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले  बताउनुभयो ।

जसमा २४ जना नेपाली र आठ जना विदेशी रहेको बताउनुभयो । अख्तियारले वाइडबडी खरिदमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहीले प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गत बनेको सार्वजनिक खरीद नियमावली, २०६४ समेतको विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानुनी हानी पुर्याउने बदनियतका साथ कानुनविपरीतको शर्त र विमानको भारवहन क्षमता कायम गरेको आरोप लागेको छ।

 

सो भारवहन क्षमता अनुसार भुक्तानी गर्ने गरी राखेको प्रावधानलाई बदर गराउन वा सच्याउन मन्त्रीको हैसियतमा निर्देशन दिनुपर्नेमा प्रस्तावदाता र निगमका कर्मचारीसँगको मिलेमतो भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

सो भारवहन क्षमता अनुसार भुक्तानी गर्ने गरी राखेको प्रावधानलाई बदर गराउन वा सच्याउन मन्त्रीको हैसियतमा निर्देशन दिनुपर्नेमा प्रस्तावदाता र निगमका कर्मचारीसँगको मिलेमतो भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसारकारले ऐनले व्यवस्थित गरेको कार्यविधिविपरीत रहेको निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोेधन नगरी स्ट्याण्डर्ड बिडिङ डकुमेन्ट विपरीतको रिक्वेष्ट फर् प्रापोजल डकुमेन्ट तयार तथा स्वीकृत गरेको आरोप लागेको छ।

विभागका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, मन्त्रालयका सहसचिव एवम् निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवम् निगमका सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला, हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले कार्यविधिविपरीत कार्य गरेको आयोगले जनाएको छ।

निगमका तत्कालीन का.मु. निर्देशक रामहरी शर्मा सेढाइँ, का.मु. निर्देशक तथा हाल नायब महाप्रबन्ध जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाशकुमार कर्माचार्यले विमान खरिद उपसमिति र प्रस्ताव मूल्याङ्कन उपसमितिमा बदनियतपूर्वक प्रस्तावना तयार गरेको आरोप लागेको छ।

निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन का.मु. निर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन सुवास रिजाल, तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का. मु. निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का. मु. निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

यसैगरी, विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनीमध्ये प्रेसिडेन्ट, इन्टरनेशनल सप्लाइ चेन, एएआर कोर्पोरेशन, युएसइ एवम् बेलायती नागरिक दीपक शर्मा, हीफ्ली एक्स आइरल्याण्ड लिमिटेडका निर्देशक एवम् जर्मन एभिएसन क्यापिटल जर्मनीका फाइनान्स डिरेक्टर एवम् रोमानिया एण्ड मोल्डोभाका नागरिक ओलेग क्यालिस्ट्रयुले निगमका कर्मचारी तथा पदाधिकारीसँगको मिलेमतोमा योजनाबद्ध रुपले सो भ्रष्टाचार गरेको आरोप लागेको छ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal