आज :

काँग्रेस संसदीय दलका नेता शाहीमाथि १ अर्ब ४७ करोडको भ्रष्टचार मुद्दा, स्वतः निलम्बनमा

  • अनलाइन डबली

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीमाथि ठूलो भ्रष्टाचार मुद्दा लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी गर्दै अदालतमा मुद्दा पेश गरेको छ ।
शाही पर्यटनमन्त्री हुँदा दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारले शाहीसहित ३२ जनाविरुद्ध हदैसम्मको कारवाहीको माग गर्दै विहीबार मुद्दा दायर गरेको हो ।

योसँगै शाहीको सांसद पद स्वतः निलम्वन भएको छ । भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

४ मंसिर २०७९ मा भएको निर्वाचनमा शाही हुम्ला प्रदेश सभा ९२० बाट निर्वाचित भएका थिए । २०७४ सालमा कर्णालीमा कांग्रेसबाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने शाही एक्ला उम्मेदवार थिए । तत्कालीन नेकपा पार्टी विभाजित भएपछि शाही गठबन्धनबाट कर्णालीको मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal