आज :

सर्वोच्चले एनआरएनएलाई १० औं महाधिवेशन पहिलेको अवस्थामा फर्कायो, जिम्मा शेष घलेलाई

  • अनलाइन डबली

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई १० औं महाधिवेशन पूर्वको अवस्थामा फर्काइदिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गर्दै पूर्वको अस्थामा फर्काइदिएको हो ।

आधिकारिताका लागि परेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले नयाँ नेतृत्वको लागि ६ महिनाभित्र महाधिवेशन गराउन आदेश समेत दिएको छ । २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्चको यो आदेशले सबैभन्दा ठूलो झट्का बद्री केसी समूहलाई लागेको छ । केसी समूहले ११ औं महाधिवेशन सम्पन्न गरेको थियो । तर, उक्त महाधिवेशन विवादित बनेको थियो ।

केसी समूहले अहिलेसम्म एनआरएनएको गरेको खर्चमाथि पनि प्रश्न उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal