आज :

तीन दिवसीय योग टिचर्स क्याम्प सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ । नेपाल भारत फ्रेण्डिली आनन्द मार्गद्धारा आयोजित ३ दिवसीय योग टिचर्स क्याम्पको संघीय राजधानी काठमाडौँमा आयोजना भएको छ ।
मैत्रिय नेपाल चिल्ड्ेन होम तारकेश्वर ओशो तपोवनमा आयोजित योग शिविर आचार्य सन्तोषानन्द अवधुतको प्रमुख आतिथ्यतामा भएको थियो । मुख्य प्रशिक्षीका डा. भागिरथी कन्नाधोती रहनुभएको सो शिविरमा डा. केदार स्वामी ,आचार्य परिपुरानन्द अवधुत ,योग गुरु रुपक खड्का ,प्रशिक्षक राजकुमार गुप्ता ,महेन्द्रसिंह यादवलगायत नेपाल भारतको योगीहरुको सहभागिता रहेको थियो । आत्मा र परम्मात्माको सम्वन्ध योगलाई कसरी विश्वव्यापी बनाउदै लान सकिन्छ भन्ने छलफल अन्र्तकृयाको लागिपनि यस्ता शिविरहरु आयोजना हुने गरेको बताईएको थियो । त्यसैले मानव रहने पृथ्वी , व्रह्माण्ड उत्पत्तीलाई शुन्यभावले जान्नु पर्ने योग गुरुहरुको कथन छ । योग श्रृष्टिमा अनादि तत्व छ , जुन अदृश्य , निगुर्ण, निराकार ब्रह्म शक्ति हो । त्यहि शक्त्ति उर्जामा विस्तार र संकुचन हुदाँको परिणाम महाविस्फोटले श्रृष्टिमा अनेकौं भिन्नता देखिन थाल्यो तब एकाकार ब्रह्मबाट अनेककार चेतना र जडको उत्पति भयो गुरुहरुमा एक्यवद्धता थियो । शिविरमा योगलाई शारिरीक , मानसिक र आध्यात्मिक जीवनको आधार बनाउनुपर्ने माथि जोड दिदै मानिसहरु निर्गुणबाट सगुण , स्थिरबाट अस्थिर ,सुखबाट दुःखमा जाकिदै जानुमाको मुल कारण त्यहि काल, गति, चेतना र कृयालाई लयमा एकाकार गर्न नसक्नुनै हो भन्नुभएको थियो । यसरी मानव ,पृथ्वी र भगवान पञ्चतत्वबाटै बनेको तथ्य यसरी प्रष्ट पार्न सकिन्छ ।
तर यो अमुल्य श्रृष्टिलाई जन्म, रोग ,बृद्ध र मृत्युले पच्छाईरहन्छ । जन्मपछि मृत्यु अवश्यमभावी छ । तर खल पात्रहरु आहार, विहार, भय र मैथुनमानै अमुल्य जीवन व्यतित गरिरहेका हुन्छन् । तर योगीहरु यस घेराबाट मुक्त बुद्धत्वको मार्गमा लाग्ने गर्दछन् धर्म देशनामा भनिएको थियो ।
पञ्चतत्वीय ब्रम्हाडसंग पञ्चतत्वबाट निर्मित स्थुल यो देहको संयोग नै योग हो । त्यसैले यो हाम्रो शरीरलाई पाँच ज्ञानेन्द्रिय ,पाँच कर्मेन्द्रियका रुपमा बुझ्न सकिन्छ ।
पाँच ज्ञानेन्द्रीय , पाँच कर्मेन्द्रिय
१) आँखा ,दृश्य –(अग्नी ) मुख – (वाणी )
२) कान , श्रवण –( आकाश ) हात – (कर्म )
३) नाक , गन्ध – ( पृथ्वी ) खुटटा ( गति )
४) जिव्रो , स्वाद –( जल ) मुतेन्द्रिय –(बंश )
५) छाला , स्पर्श ( वायु ) मलेन्द्रिय ( सुद्धिकरण )
शरीरका विभिन्न घटकहरुमा मन र आत्मा ,जुन अदृश्य शक्तिले संचालित छ । योग जीवन र जगतलाई जोडने शक्ति मात्र नभई जीवनलाई निरोगी ,स्वास्थ्य र सकृय बनाईराख्ने एक प्रकृयापनि हो । आयु आरोग्य र जीवन यापनका लागि आहार विहार मैथुनलाई व्यवस्थितगर्दै स्वास प्रस्वासमा विशेष होस पुर्याउनु पर्दछ । लामो आयुको लागि लामो स्वस फेर्नु पर्दछ । उदाहरणको लागि थोरै समयमा धेरै पटक श्वास फेर्ने खरायोको छोटो समयमानै मृत्यु हुन्छ भने लामो श्वास फेर्ने कछुवा सय वर्ष भन्दा लामो आयु हुन्छ । भनिन्छ एक मिनटमा १५ पटक र एक घण्टा भित्र ९०० पटक भन्दा कम स्वास फेर्ने मानिस कम विरामी पर्ने र लामो लामो श्वास प्रश्वास गर्नाले शरीरका प्रत्येक कुना कुनामा अक्सिजन प्रवाह भई दिर्घजीवी हुने दावी सो शिविरमा सहभागि योगीहरुको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal