आज :

सुनको मुल्य हाल सम्मकै उच्च , बन्यो नयाँ कीर्तिमान

  • अनलाइन डबली

काठमाडौं । सुनको आज बुधबार हाल सम्मकै उच्च बिन्दुमा पुगेर  नयाँ कीर्तिमान बनाइरहेको छ । मंगलबार ४०० रुपैयाँले घटेको सुनको भाउ बुधबार १ हजार ८०० रुपैयाँ बढेर  बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा रेकर्ड कायम गरेको हो ।

यसै गरी तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च रहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २८५ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal