आज :

पेट्रोल प्रतिलिटर रु ४ बढ्यो , डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ यथावत

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलको मूल्यमा बृद्धि गरेको छ ।  सोमबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलको भाउ प्रतिलिटर रु ४ बढाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाए पनि निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मल्य भने यथावत राखेको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाए अनुसार निगमले पेट्रोलको नयाँ मूल्य तोकेको हो ।
बढेको मुल्य अनुसार  पेट्रोल काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर  १७५ रूपैयाँ  पर्नेछ भने ,  झापाको चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ ५० पैसा प्रतिलिटर तिर्नु पर्ने हुन्छ ।

डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal