आज :

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको नमुना कार्यक्रमः नगरकी छोरी

  • अनलाइन डबली

बगलुङ । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमको सुरुवात गरेको छ । आईतबार बागलुङ नगरपालिकाको तर्पmबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र बैंकका तर्पmबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्यको लागि नगरपालिकाले बैंकसँग सहकार्यमा सो कार्यक्रम सञ्चालन गर्न लागेकोे जनाएको छ । समाजमा बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिकरुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ नगरपालिकाको विशेष योजना अन्र्तगत “नगरकी छोरी” कार्यक्रम आईतबारबाट शुभारम्भ भएको नगरापालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी” कार्यक्रमको शुभारम्भ गरिएको हो । “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम मिति २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिने जनाइएको छ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंक लि. को शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्पmबाट एकमुष्ट रु. ५,०००।– (अक्षरेपी पाँच हजार रुपैयाँ) जम्मा गरिने र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्तिछोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।

सो कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal