आज :

पोखराको अर्चलेमा बस दुर्घटना, बस कसरी सडकमा ठडियो ?

  • अनलाइन डबली

काठमाडौँ । पोखरा महानगरपालिका २७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बसमा यात्रु नभएका कारण ठूलो क्षति मानवीय क्षति नभएको कास्की प्रहरीले जनाएको छ ।

ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान यात्रुलाई गनतव्यमा छोडेर लेखनाथतिर फर्किँदै गर्दा दुर्घटना भएको हो ।

कास्की प्रहरीका अनुसार दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना भएर बीच सडकमै ठडिएको छ । दुर्घटनापछि पल्टिने क्रममा ठाडो भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal