आज :

त्रिशुली दुर्घटना: छोराको अन्तेष्टि गरेर फर्किएकी ७० बर्षीय हरिमायासहित पाँच जनाको मृत्यु, छोरा बेपत्ता

  • अनलाइन डबली

काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् ।

छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्यष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन ।

अन्तिम संस्कारको काम सकेर काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ ।

दुर्घटनामा परी शंकरकी ७० वर्षीय आमा जुनमाया रोका, जेठी दिदि हरिमाया रोका (उपरकोटी), भाई आगमन उपरकोटी, बहिनी अन्जना रोका, माइला ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ बर्षीय अर्जुन शिर्मल रहेका छन् ।

शंकरका छोरा दिवस रोका भने बेपत्ता छन् ।

‘जुनमायाको छोरा शंकरजीको हिजो काठमाडौंम मृत्यु भएकाले उहाँहरु (मृतक शंकरका आमा, छोरा, दिदी बहिनी, ज्वाईं, भान्जा सबै पशुपतिमा अन्त्यष्टि सकाएर आज घर फर्किदै गर्दा दुर्घटनामा पर्नुभएछ । शंकरजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत आएको छ’ वडाध्यक्ष श्रेष्ठले भने ।

मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिबार घर फर्किँदै थिए । शंकरको श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए ।

दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाअध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal