ललितपुर स्थित ञवा गुठीले आफुहरुको जग्गा फिर्ता नभए यस बर्ष रातो मछेन्द्र नाथको रथ निर्माण नगरिने बताएका छन । गुठीले आज एक बिज्ञप्ति गारी गर्दै रातो मछेन्द्रनाथको रथ निर्माण पूर्व श्री कूलदेवताको नित्य पूजा ( सर्व जिव कल्याण हितमा कुनै बाधा अड्चन नहोस भनी ) गरी गरिदै आएकोमा सो कूल देवता ल.पु.म.न.पा. वडा नं . ३ पुल्चोकस्थित साविकमा ४-४-१०० जग्गा रहेकोमा हाल सो जग्गा अतिक्रमण गरि सरकारी नाप नक्सामा किर्ते पूर्ण ढंगबाट कागजातहरू बनाई हाल सो जग्गामा जम्माजमी ०.२.०० मात्र रहेको र सो जग्गा सरकारी जग्गा अतिक्रमणकारीहरूले पुजा गर्न बाधा अड्कन गर्दै आएको र कूल देवताको नित्य पूजा विना श्री मच्छिन्द्रनाथको रथ निर्माण गर्न नसकिने भएकाले यस वर्ष देखि श्री मच्छिन्द्रनाथको रथ निर्माण गर्न असमर्थ हुने जनाएको छ ।
यस्तो छ बिज्ञप्ति –
सहकाल वर्षा र अन्नदाताका देवताका रुपमा हामी नेपाली समाजमा श्री रातो मच्छिन्द्रनाथ लाई श्रध्दापूर्वक मानी आएको आजभन्दा करिब १७०० वर्ष अघि भारतको कामाख्याबाट नौ नाग आसनको तपस्यामा लीन रहेका श्री गोरखनाथलाई तपस्याबाट उठाई नागलाई आ – आफ्नो यथा स्थानमा बास गराई वर्षा गराउन श्री मच्छिन्द्रनाथको सवारका गराएको ऐतिहासिक प्रमाण मच्छिन्द्रनाथको प्रमाणित वंशावली रहेको छ । रातो मच्छिन्द्रनाथको आगमनको आवश्यकता र त्यसको नित्य पूजा सदियौं देखि हामी जवा गुठीबाट लोक कल्याण जगतहित कार्यमा भगवान श्री मच्छिन्द्रनाथको तथा सर्व कल्याणहितको लागि भगवानको रथयात्रा हरेक प्राणी जगतले उहाँको दर्शन गर्न पाउन भनि हामी जवा गुठीबाट प्रत्येक वर्ष रथ निर्माण गर्दै लोक लावालस्करका साथ जिवजन्तु , यक्ष समेतले यात्राको समयमा श्री मच्छिन्द्रनाथको दर्शन गर्न जन जूति रहदै आएकोमा उक्त रथ निर्माण पूर्व श्री कूलदेवताको नित्य पूजा ( सर्व जिव कल्याण हितमा कुनै बाधा अड्चन नहोस भनी ) गरी गरिदै आएकोमा सो कूल देवता ल.पु.म.न.पा. वडा नं . ३ पुल्चोकस्थित साविकमा ४-४-१०० जग्गा रहेकोमा हाल सो जग्गा अतिक्रमण गरि सरकारी नाप नक्सामा किर्ते पूर्ण ढंगबाट कागजातहरू बनाई हाल सो जग्गामा जम्माजमी ०.२.०० मात्र रहेको र सो जग्गा सरकारी जग्गा अतिक्रमणकारीहरूले श्री कुल देवताको मुर्ती फ्याँकिदिने धम्की दिदै आएकाले उक्त सो श्री कूल देवताको नित्य पूजा विना श्री मच्छिन्द्रनाथको रथ निर्माण गर्न नसकिने भएकाले सोको ऐतिहासिक इतिहासको जगत हित र सर्वसध्दा सुखि हुने जग्गाको महत्वलाई यथासिघ्र छानविन गरि निकास उपलब्ध गराई पाउँ । अन्यथा यस वर्ष देखि श्री मच्छिन्द्रनाथको रथ निर्माण कार्य गर्न हामी ञवा गुठी असमर्थ रहेको जानकारी गराउछौ ।


अनलाइन डबली



