आज :

उपप्रधान तथा गृहमन्त्री सँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मी बीच भेट

  • अनलाइन डबली

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले भेट गर्नुभएको छ ।
बुधबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रण सम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारी–पत्र उपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लवस्तरमा समन्वय र सहकार्य गरी नागरिक स्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताउनुभयो ।

पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राख्नुभयो । साथै, युवाहरुको ढुकढुकी र परिवर्तनको संवाहकका रुपमा स्थापित हुन सकेकोमा गृहमन्त्री लामेछाने लाई बधाई दिनुभयो ।

गृह मन्त्री लामीछानेले पाकिस्तानमा भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गर्नुभयो । उहाँले लगानीका लागि नेपाल उपयुक्त देश रहेको र त्यसका लागि आवश्यक नीतिगत सुधार र भरपर्दो सुरक्षालगायतका प्रबन्ध गरिने बताउनु भयो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal