आज :

लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न,लोपोन्मुख बाजा संरक्षण अभियानको सुरुवात

  • अनलाइन डबली

काठमाडौँ ।देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ । अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले यो अभियानको  सुरुवात  गरेको हो । यसै उदेश्यकाअनुसार  संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको छ ।

नौ बाजाको सिधा अर्थमा यसमा  ९ किसिमका मौलिक बाजका प्रकार र सोही बाज समुहमा सहायक बाजा समावेस गराइको  हुन्छ । विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा मात्र यो बाजा हाल  संरक्षित छ । बौद्धमार्गी नेवार समुदायले  संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलबस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ । श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप जुइगु तरखरमा छ । त्यसैले, संघले पहिलो पल्ट नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो । करिव हराउनै लागेको नौ बाजाका कलाकारहरुको संख्या हेर्ने हो भने दुई हातमा रहेका औंलामा सीमित भइसकेको छ । यसको अर्थ सीमित कलाकारहरुले मात्र नौ बाजा बजाउन जानेका छन् ।

संघ अन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा मध्यपुर थिमिस्थित सिवा सायमि खलः तथा मानन्धर युवा समुहसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका थिए । कार्यक्रमभित्रको सांस्कृतिक पक्षलाई सुरेन्द्र मानन्धरले संयोजन गरेका हुन् समग्रमा गजेन्द्र प्रसाद मानन्धरले कार्यक्रमको संयोजन गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal