Skip
आज :

साधना महिला पत्रकारिता पुरस्कार बात ६ जना महिला पत्रकार सम्मानित ( फोटोहरु )

  • बुद्धशरण शाही

काठमाडौं । साधना महिला पत्रकारिता पुरस्कार बात ६ जना महिला पत्रकार सम्मानित भएका छन् ।  नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई  साधना महिला पत्रकारिता सम्मान गर्नु  भएको हो  ।

साधाना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा  पत्रकारमा  गोरखापत्र दैनिकका पत्रकार यलु जोशी . समाचार पत्रका प्रधान सम्पादक  भगवती तिमल्सिना, नेपाल टेलिभिजनका पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता  रिता महर्जन, नयाँ पत्रिकाका शान्ति तामाङ, स्वतन्त्र फोटो पत्रकार  सुनी बनेपाली हुनुहुन्छ ।

उपप्रधान मन्त्री यादवले महिला पत्रकार पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सम्मानयोग्य भएको धारणा राख्नुभयो । “महिलाविना कुनै पनि क्षेत्र अधुरै हुन्छ । त्यसैले  महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको छ” उहाँले बताउनु भयो  ।

नेवारी समुदायको संस्कृति, परम्पराविना काठमाडौँको अस्तित्व नै नरहने  खालि सरह हुने  बताउनुभयो । नेवार समुदायले संस्कृति, सम्पदा र परम्पराको रक्षा गरी देशलाई चिनाएको उहाँको भनाइ छ ।

साधना महिला पत्रकारिता सम्मानको यो आठौँ संस्करण हो ।

यस अवसरमा नेपाल भाषा त्रेमासिक नेपाल भाषा पत्रिका “ आन्जु  ” को  उपप्रधान मन्त्री यादवले बिमोचन गर्नुभयो ।

फोटोहरु – 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal