काठमाडौँ । अछाममा भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने सबैको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा मेल्लेख गाउँपालिका– १ का ५५ बर्षीय रंग धामी, ४५ बर्षीय प्रेम धामी, ३६ बर्षीय नरबहादुर धामी, १५ बर्षीय जनक धामी र २१ बर्षीय जनक धामी रहेका छन् ।
त्यसैगरी घाइते हुनेमा सोही ठाउँका ४२ बर्षीय लालबहादुर धामी, हंश धामी र एक बालक रहेको अछाम प्रहरीले जनाएको छ ।