आज :

होली खेलेर नुहाउन सुनकोसी नदीमा पसेका ३ बालबालिका अझै बेपत्ता, गोताखोर परिचालन

  • अनलाइन डबली

काठमाडौं । होली खेलेर नुहाउन सुनकोसी नदीमा पसेका ३ जना बालबालिका अझै बेपत्ता छन् ।

आइतबार दिउँसो उदयपुरको त्रियुगा नगरपालिका– १४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।

बालबालिका नदीमा बेपत्ता भएको खबर पाएलगत्तै स्थानीयले खोजी कार्य सुरु गरेका थिए । तर, राति अबेरसम्म पनि नभेटिएपछि सोमबार विहानैबाट सशस्त्र प्रहरी बलको गोताखोर टीम परिचालन गरिएको छ ।

उदयपुर प्रहरीका अनुसार होली खेलेर पौडी खेल्न गएका रुद्रबहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal