आज :

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा ४० बर्ष पछी सरकारको नाउमा फिर्ता

  • अनलाइन डबली

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएकाे छ।   च्याम्पियन फुटवेयरको नाममा रहेको उक्त जग्गा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

चिन सरकार को अनुदान सहयोगमा २०२० सालमा निर्माण भएको बाँसबारी  छालाजुत्ता कारखाना ८३ रोपनी मध्यको १० रोपनी बिनोद चौधरीको च्याम्पियन फुटवेरको नाममा गएको यो जग्गा  ४० बर्ष पछी  मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै उक्त जग्गा नेपाल सरकारको नाममा ल्याइएको मालपोत कार्यालयले जनाएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। सरकारी सो जग्गा फिर्ता भएपनि यस बिषयमा अनुसन्धान जारि रहने बताईएको छ  ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal